४ कार्तिक २०८३, बुधबार

ईपिएल क्रिकेट : काठमाडौंको विजयी शुरुवात, ललितपुरको दोस्रो जित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । सोमपाल कामीको कप्तानीमा रहेको काठमाडौं किङस इलाभेनले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

सोमबारको पहिलो खेलमा पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई ६ विकेटले पराजित गर्दै काठमाडौंले पहिलो खेलबाटै खातामा अंक जोडेको छ ।

टियु क्रिकेट मैदानमा चितवनले दिएको १६१ रनको लक्ष्य काठमाडौंले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर भेट्टायो । उसका लागि सुब्रमनियन आनन्दले १८ बलमा अविजित ४३ रन जोडे । सुब्रमनियन प्लेयर अफ दि म्याच चुनिए । यस्तै अमर सिंह रौटेला २१ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले १९ ओभर ५ बलमा अलआउट हुँदै १६० रन बनाएको थियो । चितवनको यो लगातार दोस्रो हार हो ।

यस्तै क्रिकेट ईपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्स विजयी भएको छ ।

ललितपुरले पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको हो । ललितपुरको यो लगातार दोस्रो जित हो । उसका लागि गौरव तमोरले ८२ रन बनाउँदा जय किशन कोल्शावालाले ५१ रनको योगदान दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभरमा ४ विकेट गुमाएर १६६ रनको योगफल तयार गरेको थियो । पोखराका लागि लेभीले ८४ रनको योगदान गरे ।

लगातार दोस्रो जित निकालेसंगै ललितपुर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।