
काठमाडौँ, २४ मंसिर । प्रदेशहरुमा देखिएको समस्या समाधान गर्न ५ सदस्यीय कार्यदल गठन गरिएको छ ।
संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलमा अर्थमन्त्री युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सदस्य र मुख्य सचिव लोकदर्शन रेग्मी सदस्यसचिव छन् ।
कार्यदलले एक हप्ताको गृहकार्य गरेर पुसको ३ गते दिउँसो १ बजे संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्रीको उपस्थितिमा प्रतिबेदन बुझाउनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार सकिएको अन्तरप्रदेश परिषद्को बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
बैठकमा मुख्यमन्त्रीहरुले प्रदेशहरुका समस्या समाधानका लागि ठोस, तार्किक र सामथ्र्यसहितको सम्बोधनतर्फ जानुपर्ने बताएका थिए । छलफलका निष्कर्षलाई समेटेर कार्यदलले त्यसलाई कार्यान्वयनमा लैजानका लागि एक प्रतिवेदन बनाउने छ ।















प्रतिक्रिया