
काठमाडौँ, २४ मंसिर । विभागीय टिम आर्मीले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जित हात पारेको छ ।
लिगमा त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइजमाथि संघर्षपूर्ण जित हात पारेको हो। सोमबार भएको खेलमा आर्माीले ब्रिगेडलाई १-० गोलले पराजित गर्यो ।
खेलको पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिएको आर्मीले दोस्रो हाफमा एक गोल गर्दै जित हात पारेको हो । आर्मीको जितमा टंक बस्नेतले निर्णायक गोल गरे। उनले खेलको ६६ मिनेटमा गोल गर्दै आर्मीालाई अग्रता दिलाएका थिए। सन्तोष तामाङले उपलब्ध गराएको क्रसमा उनले हेडमार्फत बललाई जाली चुमाएका थिए।
जितसँगै आर्मीले ७ खेलबाट ७ अंक जोडेको छ। आर्मी अंक तालिकाको चौथो स्थानमा यथावत छ। लिगको शीर्ष स्थानमा भने मनाङ मस्र्याङ्दी क्लब रहेको छ ।
मनाङको ६ खेलबाट १८ अंक रहंदा दोस्रो स्थानमा रहेको थ्रीस्टारको सात खेलबाट १८ अंक नै रहेको छ । त्यस्तै, तेस्रो स्थानमा रहेको संकटाको पनि समान सात खेलबाट १८ अंक नै रहेको छ ।















प्रतिक्रिया