४ कार्तिक २०८३, बुधबार

‘म भ्रष्टाचार गर्छु’ भन्ने भेटेको छैन : प्रधानमन्त्री

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्छु’ भन्ने मान्छे अहिलेसम्म नभेटेको बताएका छन् ।

भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कार्यक्रममा उनले थपे,‘भ्रष्टाचार फेरि पनि हुँदो रहेछ । बुद्धिजीवि मान्छेबाट नै यस्तो काम भइरहेको छ ।’

‘भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैन । तर, गर्दो रहेछ । यो अचम्म लाग्दो छ’, उनले जोडे,‘चलाख मान्छेले बुद्धि कुठाउँमा प्रयोग गर्दा भ्रष्टाचार मौलायो ।’

उनले अहिलेको बेला नै भ्रष्टाचार नियन्त्रणका लागि उपयुक्त भएका कारणले सरकार कडाईका साथ लागि पर्ने बताए । उनले कर्मचारी घुुसिया हुने अवस्था अन्त्य गर्न सबैलाई आह्वान पनि गरे ।

यसैबीच, अख्तियार प्रमुख आयुक्त नवीन घिमिरेले भ्रष्टाचार बढेको बताएका छन् । वेश्याबृत्ति भन्दा पनि खराब चिज भ्रष्टाचार गर्ने र भ्रष्टाचारी भएको उनको भनाई थियो ।

अख्तियारले केही समयअघि निकालेको एउटा प्रतिवेदनमा सबैभन्दा बढि भ्रष्टाचार राजनीतिक दलबाट भएको उल्लेख छ । त्यसपछि कर्मचारी र अन्य क्षेत्रमा पनि व्याप्त भ्रष्टाचार रहेको अख्तियारले उल्लेख गरेको छ ।