१० कार्तिक २०८३, मंगलबार

मकै र चिया खाएर पर्खिएका थिए नेता

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । ३ बजे बोलाइएको बैठकमा सबैभन्दा पहिले वरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटार पुगेका थिए । महासचिव विष्णु पौडेलले अध्यक्षद्वय २ बजेदेखि अर्को कक्षमा परामर्शमा रहेको जानकारी गराएका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेकोछ ।

केहीबेरमा दुई अध्यक्ष आउने बताएर पौडेल कम्प्युटरमा प्राविधिक कामका लागि अर्को कक्षतिर गए । त्यहीबीचमा क्रमश स् झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा‘बादल’ पुगेका थिए ।

अध्यक्ष आउन ढिलाई भएपछि नेताहरूलाई चिया र मकैको व्यबस्था गरिएको थियो । ढिलो हुँदै गएपछि उनीहरूले बैठकमा कुराउने र स्थगित गर्ने कार्यशैलीमा कुनै परिवर्तन नआएको भन्दै सामूहिक रुपमा बहिष्कार गर्ने सल्लाह गरे ।

आधा घण्टा ढिलाई भएपछि चार नेताहरू बाहिरिए । बैठक कक्षमा रहेका बादल भने बाहिरिएनन् । अर्का सचिवालय सदस्य ईश्वर पोखरेल भने चार नेता बाहिरिएपछि मात्र बैठक कक्षमा पुगेका थिए ।