
काठमाडौं, २२ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा हिमालयन शेर्पाले पुलिस क्लबलाई बराबरीमा रोकेको छ ।
सातौ चरणको पहिलो खेलमा हिमालयन शेर्पाले पुलिससँग १–१ गोलको बराबरी गरेको हो । बराबरीसँगै दुवै टोलीले अंक बाँडेका छन् ।
एपीएफको हलचोक मैदानमा पुलिसले पहिलो हाफमा अग्रता लिएको भएपनि दोस्रो हाफमा अग्रता जोगाउन सकेन । खेलको ३२ औ मिनेटमा पुलिसका भरत साहले अग्रता दिलाएका थिए । तर दोस्रो हाफको खेलको ७० औ मिनेटमा गोल गर्दै हिमालयन शेर्पाका विश्वास श्रेष्ठले बराबरी गरेका हुन् ।
पुलिस ७ खेलबाट ११ अंक जोडेर तालिकाको पाँचौ स्थानमा छ । समान अंक भएपनि गोल अन्तरका आधारमा हिमालयन शेर्पा छैटौ स्थानमा छ ।















प्रतिक्रिया