४ कार्तिक २०८३, बुधबार

युभेन्टससँग तेस्रो स्थानको इन्टर मिलान पराजित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २२ मंसिर । इटालीयन सिरी ए फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा शीर्ष स्थानको युभेन्टसले तेस्रो स्थानको इन्टर मिलानलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले इन्टर मिलानलाई १–० ले हराएको हो ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा युभेन्टसको जितमा मारियो मान्जुकीले गरेको गोल नै निर्णायक बन्यो । मान्जुकीले ६६ औँ मिनेटमा गोल गर्दै टिमलाई जिताएका हुन् । यो खेलमा क्रिष्टियानो रोनाल्डोले गोल गर्न सकेनन् ।

जितपछि शीर्ष स्थानको युभेन्टसको १५ खेलबाट ४३ अंक भएको छ । उ दोस्रो स्थानको नापोली भन्दा ११ अंकले अघि रहेको छ । तेस्रो स्थानमा रहेको इन्टर मिलानको २९ अंक छ । एजेन्सी