३ कार्तिक २०८३, मंगलबार

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको कुन्तादेवी पसल डाँँडामा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ म्ंसिर । एनआईसी एशिया बैंक लिमिटेडले ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१ कुन्तादेवी पसल डाँँडामा आफ्नो बिसौं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

शुक्रबारबाट सञ्चालनमा आएको सो शाखारहित बैंकिङ्ग सेवाको माननीय यज्ञराज सुनुवारले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा संजय खत्रीलाई बैंकले नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्ने बैंकले जनाएको छ ।

बैंकका हालसम्म देशभर गरी कुल २ सय ७० शाखा कार्यालयहरु, २ सय ८५ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर रहेका छन् भने बैंकले विभिन्न २० वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।