आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

माछापुच्छ्रे बैंकका ३ शाखा हेटौँडा र चितवनमा

दैनिक नेपाल २०७५ मंसिर २१ गते १६:३३


काठमाडौँ, २१ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडले ३ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले शुक्रबार मकवानपुरको हेटौंडा उप–महानगरपालिकास्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिकास्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिकास्थित कालिका शाखा कार्यालयको औपचारिक रुपले सुरुवात गरेको हो ।

हेटौंडा शाखा कार्यालयको बैंकका सञ्चालक जय मुकुन्द खनाल र हेटौंडा उप–महानगरपालिकाका मेयर हरिबहादुर महतले संयुक्त रुपले उद्घाटन गरे । त्यसै गरी इच्छाकामना शाखाको बैंकका सञ्चालक राममान श्रेष्ठ र इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले संयुक्त रुपले उद्घाटन गरे । यस्तै कालिका शाखाको बैंकका सञ्चालक गोपीकृष्ण न्यौपाने र कालिका नगरपालिकाका मेयर खुम नारायण श्रेष्ठले संयुक्त रुपले उद्घाटन गरे ।

नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैंकिङ सुबिधा उपलब्ध गराएको छ । बैंकले २०७५ साल आश्विन मसान्तसम्म रु ७७ अर्व निक्षेप परिचालन गरी रु. ७१ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ३७ करोड खुद मुनाफा गरेको छ ।

बैकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर लगायत ३८ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा १२६ स्थानबाट सेवा प्रवाह गरिरहेको छ । साथै, बैंकको देशभर १०६ वटा एटीएमहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित