
काठमाडौं, २१ मंसिर । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.को नयाँ शाखा पोखरामा खुलेको छ ।
पोखराको स्वागतनगर चाउथे–१४ मा शाखा खुलेको हो । उक्त थ्रि—एस (सेल्स, सर्भिस र स्पेयर्स) सेटअपको समुद्घाटन आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र पोखरा उधोग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संयुक्त रुपमा गरे ।
यहाँबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर्स पार्टसहरु उपलब्ध हुने भएको छ ।















प्रतिक्रिया