बुधबार, ६ चैत २०७५
DainikNepal.com
बुधबार, ६ चैत २०७५

नेकपाको सचिवालय बैठक बस्दै, सरकार र पार्टीमा देखिएको अन्योलमा छलफल हुने

दैनिक नेपाल २०७५ मंसिर २१ गते १३:०५

काठमाडाैँ, २१ मंसिर । सरकार र पार्टीका काममा देखिएको अन्योलका विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज  बस्दैछ । बैठक दिउँसाे ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री केपी शर्मा अाेलीकाे सचिवालयले जनाएको छ ।

बैठकमा सरकारका पछिल्ला गतिविधि, एसिया प्सासिफिक समिटमा सरकारको संलग्नताका विषयमा समेत छलफल हुने एकजना सचिवालय सदस्यले जानकारी दिए ।

एसिया प्रशान्त सम्मेलनलगायत सरकारका पछिल्ला गतिविधिप्रति नेकपामा सचिवालय तहका केही नेता अनसन्तुष्ट छन् । त्यस्तै एकीकरण प्रक्रिया विस्तार हुन नसकेको, पोलिट्ब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन, स्थायी कमिटीको बैठक आह्वानप्रति पार्टी नेतृत्व उदासीन भएको नेताहरु रुष्ट छन् ।

पोलिटब्युरो गठन र केन्द्रीय समिति बैठकको माग गर्दै केही समय पहिले नेकपाका २२ केन्द्रीय सदस्यहरुले ज्ञापनत्रप बुझाएका थिए । त्यसपछि उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्यहरु झलनाथ खनाल, मावदेव गौतम र महासचिव विष्णु पौडेल लगायतका नेताहरुसँग भेटघाट र छलफल गरेका थिए ।

तत्कालीन एमाले र माओवादीबीच गएको जेठ ३ गते एकता भएको थियो । एकताले अझै पूर्णता पाउन सकेको छैन । गएको १२ गते बसेको बैठकले प्रदेश कमिटीको एकता टुङ्ग्याएको थियो ।

प्रतिक्रिया
सम्बन्धित