शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

सिटीसी मोबाइल मेला सुरु

दैनिक नेपाल २०७५ मंसिर २० गते १८:५९

काठमाडौं, २० मंसिर । सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले मंसिर २० गतेदेखि संचालनमा ल्याएको मोबाइल एक्सचेञ्ज मेलामा ग्राहकहरुको सहभागिता उल्लेख्य रहेको छ । ल्यापटप, क्यामेरा एप्पलका ग्याजेट्स सुपथ मूल्यमा किस्ताबन्दीमा पाइने भएपछि ग्राहकहरुको भिड बढेको हो ।

ग्याजेट पारखीहरुले एक्सचेञ्ज मेलामा आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका उत्पादन किस्ताबन्दीमा किन्न पाउने छन् । त्यस्तै मोबाईल एक्सचेञ्जज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाउने अफरले पनि मेलाको आकर्षण बढाएको हो ।

९ हजार ९ सय ९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंयासम्मका मोबाइल किन्न सकिने मोबाइल मेलामा ११ हजार रुपैंयादेखि ३ लाख १५ हजार रुपैंयासम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिन्छ ।

६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि मेलामा उपलब्ध छ ।मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउने छन् भने ४ स्कोर गर्नेले आफुले खरिद गरेको अर्को एउटा सामान सित्तैंमा पाउने छन् । मंसिर २० गते सुरु हुने मेला १५ दिनसम्म चल्नेछ ।

सामसङ, ब्ल्याकबेरी, ओप्पो, भिभो, वान प्लस ,नोकिया ,कलर्स, एम आई, सोनी, एप्पल, कुलप्याड, लेनोभो, हुवाई ब्राण्डका मोबाइलका साथै एचपी, लेनोभो, एम आई , डेल र एप्पलका ल्यापटप, म्याकबुक आईप्यड मोबाइल हबको आकर्षण हुन् ।

प्रतिक्रिया
सम्बन्धित