काठमाडौं, २० मंसिर । रानीबारी हत्याकाण्डको अनुसन्धान १४ वर्षसम्म उपलब्धिहीन थियो । विभिन्न टोली र समिति खटाए पनि प्रहरीले इन्जिनियर दम्पतिको हत्यारा पत्ता लगाउन सकेको थिएन । तर, नाटकीय रुपमा प्रहरीले तीन वर्षअघि दोषीलाई पक्राउ गरेको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सो घटनाका अभियुक्तको सूचना प्रहरीले भट्टीबाटै प्राप्त गरेको थियो । अभियुक्तहरू मनराज गुरुङ र प्रमेश चौहानले एक भट्टीमा आफूहरूले एक दम्पतीको हत्या गरेपनि पैसा नपाएको विषयमा चर्चा गरेका थिए ।
उनीसँगै त्यहाँ रहेका व्यक्ति पछि ठगीमा मुद्दामा पक्राउ परे । उनले त्यससम्बन्धि विवरण सिआईबीको हिरासतमा खुलाएका थिए । लगत्तै दुवैजना पक्राउ परे । अदालतले पनि उनीहरूलाई जन्मकैदको फैसला सुनाएको छ ।
३१ असार २०६९ मा इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी श्रीमती अञ्जलीको हत्या भएकोमा अभियुक्तहरू १४ वर्षपछि अर्थात् १ चैत २०७१ मा पक्राउ परेका थिए ।
अहिले निर्मलाको बलात्कारपछि हत्यामा पनि प्रहरीले त्यस्तै ‘क्लु’ भेटाएको छ । तर, हरेक व्यक्ति पक्राउ पर्दा सार्वजनिक इजलास बस्ने गरेकोले पछिल्लो अनुसन्धानमा पनि प्रहरी आफैँ सर्तक छ । त्यसैले डिएनए परिक्षणको रिपोर्टमै प्रहरीको सफलता निर्भर हुनेछ ।
गत १० साउनमा साथीको घरमा गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । घटनाको प्रारम्भिक चरणमा प्रहरीले अनुसन्धानमा लापरबाही गर्दा अभियुक्त पत्ता नलागेको आरोप लाग्दै आएको छ । महत्वपूर्ण प्रमाण समेत नष्ट गरेकाले प्रहरीप्रति अविश्वास छ । दोषी पत्ता लगाउन माग गर्दै दबाबमूलक आन्दोलन भइरहेको छ ।















प्रतिक्रिया