३ कार्तिक २०८३, मंगलबार

सात स्थानमा काउन्टर खोल्न भन्सार विभागसँग प्रभु बैंकको सम्झौता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १९ मंसिर । नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल–भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयमा प्रभु बैंकले काउन्टर खोली बैंकिङ कारोवार शुरु गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । भन्सार विभागका महानिर्देशक तोयम राया र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच सम्झौतमा हस्ताक्षर भएको हो ।

झापाको भद्रपुर, सुनसरीको कोशीव्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा बैंकले अर्को हप्तादेखि काउन्टरहरु सञ्चालनमा ल्याई सेवाप्रारम्भ गर्नेछ ।

नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा संचालनमा आएका भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजश्व संकलनको आँकडामा बृद्धि हुने विश्वास लिइएको छ ।

बैंकको सेवाप्रारम्भ भएसँगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरल रुपमा बैंकिङ सेवाहरु प्राप्त गर्नेछन । साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।