शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

चर्चित क्रिकेटरद्वारा सन्यास घोषणा

दैनिक नेपाल २०७५ मंसिर १९ गते ८:०९

नयाँदिल्ली, १९ मंसिर । भारतीय क्रिकेटर गौतम गम्भीरले सबै प्रकारको क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । पछिल्लो दुई वर्षदेखि भारतीय टिममा पर्न नसकेका गम्भीरले आफ्नो फेसबुक पेजमा एक भिडियो पोस्ट गरेर सन्यासबारे जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘सबैभन्दा मुश्किल निर्णय भारी मन लिएर गरिन्छ । मैले भारी मनसहित त्यो घोषणा गर्दैछु, जसबारे म जीवनभर डराइ रहेँ ।’

गम्भीरले सबैभन्दा लामो समय भारतीय टिममा टेस्ट, एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी क्रिकेटका महत्वपूर्ण ब्याट्सम्यान रहे । सन् २०११ को विश्वकप फाइनलमा उनले सर्वाधिक ९७ रन बनाएका थिए । उनकै रनको सहयोगमा भारत विजेता बनेको थियो ।

३७ वर्षका गम्भीरले सन् २००३ मा बंगलादेशविरुद्धको टेस्ट क्रिकेटबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । अर्को वर्ष उनी अस्ट्रेलियाविरुद्धको खेलबाट एक दिवसीयमा डेब्यु गरे ।

उनले ५८ टेस्ट क्रिकेटमा ४ हजार १५४ रन बनाएका छन् । यसमा ९ शतक र २२ अर्धशतक रहेका छन् । यस्तै १४७ एक दिवसीय क्रिकेटमा उनले पाँच हजार २३८ रन बनाएका छन् । यसमा ११ शतक र ३४ अर्धशतक रहेको छ ।

३७ अन्तर्राष्ट्रिय ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा उनले ९३२ रन बनाएका छन् । आइपिएलमा उनको कप्तानीमा र हेको कोलकाता नाइट राइडर्स दुईपटक च्याम्पियन बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित