मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

दैनिक नेपाल २०७५ मंसिर १८ गते १८:३१

काठमाडौं, १८ मंसिर । माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले केन्द्रीय कार्यालयलगायत मुलुकभर रहेका शाखा कार्यालयहरूबाट सहज रूपमा सानिमा जनरल इन्स्योरेन्सको बीमा सेवाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरे ।

बैंकले देशभरका ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानबाट बंैकिङ्ग सेवा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १०५ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित