
काठमाडौँ, १८ मंसिर । नेपाल–भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउन्टरहरु सञ्चालनमा ल्याएको छ ।
झापााको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरुमा बैंकले बुधबारदेखि एक्स्टेन्सन काउन्टरहरु सञ्चालनमा ल्याई सेवा प्रारम्भ गरेको हो ।
भन्सार विभागका महानिर्देशक तोयम रायाले बैंकको जलेश्वर भन्सार राजश्व संकलन काउन्टर गरे । त्यसैगरी अन्य भन्सार कार्यालयका एक्स्टेनसन काउन्टरहरु सम्बन्धित भन्सार कार्यालयका प्रमुखले उद्घाटन गरे ।
नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउन्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै त्यहाँ आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुने विश्वास लिइएको छ ।
यस्तै राजश्व संकलनको आँकाडामा वृद्धि हुने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्न पाउनेछन् । साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा पनि टेवा पुग्ने बैंकले विश्वास लिएको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।















प्रतिक्रिया