बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

आइएमई इन्स्योरेन्स र नेपाल बैंकबीच बीमा सेवा सम्झौता

दैनिक नेपाल २०७५ मंसिर १८ गते १६:३१


काठमाडौँ, १८ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडबीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरे ।

सम्झौता पश्चात बैंकले आफ्ना खातावाला ग्राहकलाई निःशुल्क रुपमा १० लाख बराबरको दुर्घटना बीमा र २५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्रदान गरिनेछ ।

कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कर्याकारी अधिकृत शाहले बैंकमा नागरिक बचत खाता खोलेका र खोलिने खातावालहरुको निःशुल्क रुपमा रु. १० लाखको दुर्घटना बीमा तथा रु.२५ हजारको औषधोपचार बीमा हुने जानकारी दिए । साथै आफना ग्राहकलाई थप सेवा प्रदान गर्न आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग बीमा सेवाको लागि सम्झौता गरिएको जानकारी दिए ।

त्यसैगरी आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकसँगको सम्झौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए ।

प्रतिक्रिया
सम्बन्धित