शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

‘राज्यले संरक्षण गऱ्यो, निर्मलाका हत्यारालाई भौतिक कारवाही गर्छौं’

दैनिक नेपाल २०७५ मंसिर १८ गते १५:४१

काठमाडौं, १८ मंसिर । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्मला पन्तका बलात्कारी र हत्यारालाई भौतिक कारबाही गर्ने जनाएको छ ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले कालीकोट पुगेर ‘निर्मलाको हत्यारा राज्यको संरक्षणभन्दा बाहिर छैन’ भन्दै भौतिक कारबाही गरिने बताए ।

बुधबार हुन लागेको कालीकोटको जनसभालाई सम्बोधन गर्नका लागि प्रकाण्ड त्यहाँ पुगेका हुन् ।

प्रकाण्डले कन्चनपुरकी १३ वर्षीया बालिकाले न्याय पाउनुपर्ने बताउँदै राज्यले नसकेको काम आफ्नो पार्टीले गर्ने बताए । ‘यो सरकार भ्रष्ट र दलालहरूको चंगुलमा परिसकेको छ । चार महिनासम्म एउट अपाराधिक घटनाको दोषी पत्ता लगाउन नसक्ने सरकार होइन’, उनले भने,‘अपराधीलाई सरकारले नै संरक्षण गरेको छ ।’

निर्मलाको परिवारलाई न्याय दिनका लागि आफूहरुले पहल सुरु गरिसकेको उनको दाबी छ ।

काठमाडौंमा केही समयअघि गरेको सभामा उनले निर्मलाका बलात्कारी र हत्यारा सरकारमा रहेका व्यक्तिसँग जोडिएको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित