
काठमाडाैँ, १८ मंसिर । मंगलबार सुनको मूल्य तोलामै ९ सय रुपैयाँले बढेको छ । जसअनुसार आज सुन तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
साेमबार सुन प्रतिताेला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारमा ७ सय रुपैयाँ कायम थियो ।















प्रतिक्रिया