शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

‘आरोप’ले तोक्यो रिलिज डेट, शुरु भयो प्रचार प्रसार

दैनिक नेपाल २०७५ मंसिर १८ गते १०:०९

काठमाडौं । निर्देशक अमर ओलीद्वारा निर्देशन गरिएको फिल्म ‘आरोप’ले रिलिज डेट पाएको छ । ‘आरोप’लाई माघ ११ गते देशभरि रिलिज गरिनेछ ।

‘फिल्मले रिलिज समय पाएको छ । हामी प्रचार प्रसारमा जुटेका छौँ’, निर्देशक ओलीले भने, ‘सामाजिक कथावस्तु बोकेको फिल्म भएकाले आशा लिएका छौँ ।’ ‘धर्तीपुत्र’ जस्ता फिल्म निर्देशन गरेका निर्देशक ओलीले ‘आरोप’बाट अलिक धेरै अपेक्षा राखेका छन् । भन्छन्, ‘आरोपले हाम्रो टिमलाई माथि उठाउँछ ।’

राजधानीका साथै नवलपरासीका विभिन्न स्थानमा छायाँकन गरिएको फिल्म ‘आरोप’को कथा र पटकथा सञ्चारकर्मी लक्ष्मण सुवेदीले लेखेका हुन् ।

दिलाशा क्रिएसनको ब्यानरमा निर्माण भएको ‘आरोप’का निर्माता विजय सापकोटा र दिनेश पाठक हुन् ।

फिल्ममा सञ्चिता लुइँटेल, किशोर खतिवडा, सुशील पोखरेल, रश्मी भट्टसहितका कलाकारले अभिनय गरेका छन् ।

‘आरोप’का गीतलाई संगीतकारद्वय एकके अधिकारी र गणेश चौधरीले संगीत दिएका छन् । गीतमा राजेश पायल राई, प्रल्हाद तिमिल्सिना र नित्या शिवाले स्वर दिएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित