११ कार्तिक २०८३, बुधबार

नेपाली सेनामा चार महिनासम्म रथी खाली

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेपाली सेनामा रिक्त रहेको रथी पदको बढुवा तीन महिना पुगिसक्दा पनि रोकिएको छ । भदौ २५ गते प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त भइसकेपछि रिक्त रहेको रथी पदमा बढुवा गर्न सैनिक मुख्यालय र रक्षा मन्त्रालय दुवैले आलटाल गरेका हुन् ।

रथी पदमा बढुवाका लागि बुझाएको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिनको बाहनामा थापाले रिक्त रहेको रथीमा कसैलाई बढुवा गरेका छैनन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

बढुवाको पहिलो हकदार रहेका उपरथी अनुज बस्न्यात लगायतका ७ हजार भन्दा बढी सैनिक अधिकृतहरूको शैक्षिक योग्यताको प्रमाण पत्र छानवीन गर्न थालेपछि उपरथीको बढुवा रोकिएको थियो ।

उनको शैक्षिक योग्यताको प्रमाणको प्रोभिजनल नभेटिएको थापामार्फत प्रचार गरिएको छ । जंगी अड्डाले परीक्षा नियन्त्रण कार्यालयसँग उक्त प्रमाणपत्र माग गरेको बताइएको छ ।

उपरथी बस्न्यातले सैनिक मुख्यालय र रक्षा मन्त्रालय समक्ष प्रवेशिका, प्रमाणपत्र र स्नातक तहका शैक्षिक प्रमाणपत्र, सैनिक परिचयपत्र, सञ्चयकोष परिचयपत्र, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको आफ्नो नागरिकता र नागरिकता कुन सालमा जारी भएको भन्नेबारे काठमाडौं प्रशासन कार्यालयबाट प्रमाणित कागजात पनि पेश गरिसकेको जनाएका छन् । तर पनि उनको बढुवा रोकिएको छ ।

बढुवा नभए बस्न्यातले यही मंसिर २५ गतेदेखि अनिवार्य अवकाश पाउनेछन । यदि उनको यो मितिसम्म बढुवा भएको खण्डमा उनको एक वर्ष समयावधि थप हुनेछ । यदि बस्न्यातको बढुवा भएन भने उपरथीबाटै केही महिनापछि अवकाश पाउने अन्य अतिरिक्त उपरथीको बढुवा हुनेछ । गत कात्तिकमा शेरबहादुर देउवा प्रधामन्त्री हुँदा उनको म्याद थपिएको थियो ।

उपरथीमा बढुवा हुनका लागि ज्ञानेन्द्र रायमाझीसँग अनुज बस्न्यातले एनडिसि कोर्स पूरा गरेका थिए । तर अहिले उनको शैक्षिक योग्यताको प्रमाणपत्रमा शंका उत्पन्न गर्नु ‘नियोजित’ ठानिएको छ । बढुवाको पहिलो नम्बरमा रहेका उपरथी बस्न्यातको अवकाश भए रथी बढुवाको सम्भावित सूचीमा वरिष्ठताका आधारमा उपरथीहरू देवकुमार सुवेदी, शरद गिरी र समीर शाही मध्ये एक हुनेछन् । प्रधानसेनापति थापाले बस्न्यातको बढुवा फाइल अघि नबढाउँदा सुवेदीलाई फाइदा हुने देखिन्छ ।

बढुवाका लागि नेपाली सेनाले मागेजति सबै शैक्षिक प्रमाणपत्रहरू बुझाईसक्दा पनि बढुवाको फाइल अघि नबढेपछि गत हप्ता उपरथी बस्न्यातले रक्षामन्त्रालयमा समेत उजुरी गरेको मन्त्रालय स्रोतले जनाएको छ । नेपाली सेनाको निरीक्षणाधिकृत विभाग प्रमुख रहेका उपरथी बस्न्यातले प्रधानसेनापति थापाविरूद्ध रक्षा मन्त्रालय र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर उजुरी दिएको भएपनि सुनुवाई भएको छैन ।

विगतमा छत्रमानसिंह गुरूङले उपरथी नेपाल भुषण चन्दलाई आफुपछिको प्रधानसेनापतिको रोलक्रममा राख्न वरिष्ठ उपरथी गौरव शमशेर जवराको ३ महिना रथी पद रिक्त हुँदा समेत बढुवा नगरि विष्णुप्रसाद पौडेल रक्षा मन्त्री रहँदा झलनाथ खनाल सरकारका पालामा तीन महिना पछि चन्द र राणाको नाम सिफारिस गरेका थिए तर त्यसबेला सरकारले ७ दिन अघि राणालाई र ७ दिन पछि चन्दलाई रथीमा बढुवा गरेको थियो ।

हाल प्रधानसेनापति थापापछि भावी प्रधानसेनापति उपरथीहरू प्रभुराम शर्मा, शरद गिरी र समिर शाही मध्ये एक हुने छन् । अहिले जो रथीमा बढुवा भए पनि २ वर्ष पछि अवकाश हुने र पछि रिक्त हुने रथी पदमा जो बढुवा भयो उही तीन वर्ष पछि प्रधानसेनापति हुने रक्षा स्रोतको दाबी छ । बस्न्यात करिब ९७ हजार सैनिकमा बस्न्यात बरीयतामा तेस्रो नम्बरमा छन् । रथीमा बढुवा नभए बस्न्यातले मंसिर २५ गतेबाट अनिवार्य अवकाश पाउने छन् । सैनिक मुख्यालय विरूद्ध केही महिना अघिमात्रै उपरथी बढुवामा असन्तुष्टि जनाउँदै सहायक रथी नैनराज दाहालले सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन् त्यो पनि अझै विचाराधीन अवस्थामा छ ।

रक्षामन्त्रीलाई भेट्नु अघि उपरथी बस्न्यातले आफ्ना शैक्षिक प्रमाण पत्रका सबै प्रतिलिपीहरू बुझाइसकेको भन्दै प्रधानसेनापति थापालाई समेत जानकारी गराएका थिए । उपरथी बस्न्यातले आफनो सम्पूर्ण शैक्षिक प्रमाणपत्र लगायतका प्रमाणित कागजात समेत पेश गर्दै बढुवा प्रक्रिया अघि बढाउन आग्रह गरेको स्रोत बताउँछ ।

बस्न्यातको बढुवा भएन भने नेपाली सेनाभित्र भावी प्रधानसेनापतिको रोलक्रममै असर पुग्ने सैनिक स्रोतको दाबी छ । केही महिना अघिमात्रै प्रधानसेनापति थापाविरूद्ध उपरथी बढुवा विवादमै सहायक रथी नैनराज दाहालले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । दाहालको बढुवा भइदिएको भए ६ वर्षपछि प्रधानसेनापति बन्न सक्थे ।

उपरथी बढुवाका लागि पहिलो नम्बरमा रहेका दाहालको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठाउँदै प्रधानसेनापति थापाले अन्य २ कनिष्ठ सहायक रथीलाई बढुवा गरेपछि दाहाल आफनो शैक्षिक प्रमाणको वैधानिकता जाँच र बढुवा वदरको माग गर्दै सर्वोच्च अदालत गएका थिए । तर मुद्दाको किनारा नलाग्दै दाहालले कात्तिक ३० गतेबाट पदावधिका कारण अवकाश पाइसकेका छन् ।