३ कार्तिक २०८३, मंगलबार

एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुधिरनाथ पाण्डे

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । सुधिरनाथ पाण्डे एनआईसी एशिया बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका छन् । सहायक प्रमुख कार्यकारी अधिकृत रहेका पाण्डेलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो ।

२०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग सेवामा प्रवेश गरेका पाण्डेले विभिन्न बैंकहरु तथा एनआईसी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समय देखि विभागीय प्रमुखको भूमिकामा काम गरिसकेका छन् ।

प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले समृद्घ नेपाल, सुखी नेपाली को राष्ट्रिय अभियानमा बैंकलाई अग्रसर गराउन भुमिका खेल्ने बताए ।