मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

नेइमारको टिम बराबरीमा रोकियो, तिघ्राको मसल च्यातियो

दैनिक नेपाल २०७५ मंसिर १७ गते ९:०७

लण्डन, १७ मंसिर । रिस सेन्ट–जर्मेन (पिएसजी)का ब्राजिलियन स्टार खेलाडी नेइमार चोटग्रस्त भएका छन् । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति बोर्डक्ससँगको खेलको क्रममा नेइमार चोटग्रस्त भएर मैदानबाट बाहिरिएका हुन् ।

२–२ को बराबरी भएको खेलमा नेइमारले टिमका लागि ३६औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । पछि चोटग्रस्त भएर उनी मैदानबाट बाहिरिन बाध्य भए ।

उनको तिघ्राको मसल च्यातिएको छ । उनी मैदानबाट बाहिरिएपछि उपचार लिएका थिए । २६ वर्षे नेइमारको चोट त्यति गम्भीर जस्तो लाग्दैन । अवस्था के हो र उनी कहिलेसम्म मैदान फर्किन सक्छन् भन्ने बारे परीक्षणपछि मात्रै थाहा हुने क्लबले जनाएको छ ।

उनी चोटका कारण केही समय मैदान बाहिर रहेर च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलसँगको खेलमा मैदान फर्किएका थिए । गएको बुधबार भएको खेलमा नेइमारसहितको गोलमा पिएसजीले लिभरपुललाई २–१ ले हराएको थियो । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित