४ कार्तिक २०८३, बुधबार

यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर, नेपाली रुपैयाँ बलियो हुँदै

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ कार्तिक । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ५ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने १११ रुपैयाँ ६५ पैसा रहेको छ ।  एक युरोको खरिददर १२६ रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर १२७ रुपैयाँ २ पैसा रहेको छ ।

यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ६० पैसा  र बिक्रिदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । यसैगरी जापानीज १० यानको खरिददर ९ रुपैयाँ ७८ पैसा छ भने बिक्रिदर ९ रुपैयाँ ८४ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ ६ पैसा र बिक्रिदर ३६७ रुपैयाँ ३ पैसा रहेको छ ।

पछिल्लो केही दिन यता डलरको मूल्य घट्दै गएपछि नेपाली रुपैयाँ बलियो हुन खोेज्दैछ ।