४ कार्तिक २०८३, बुधबार

‘ए’ डिभिजन लिग : लगातार पाँचौ जित निकाल्यो मनाङले

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ मङ्सिर । उपाधी होडमा रहेको मनाङ मस्र्याङ्दी क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार पाँचौ जित निकालेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शनिबार भएको दोस्रो खेलमा सरस्वती युथ क्लबलाई २–० गोलले पराजित गरेर मनाङले लगातार पाँचौ जीत निकालेको हो । मनाङको जीतमा अञ्जन विष्ट र आफिज ओलावालेले एक एक गोल गरे ।

खेलको ५५औँ मिनेटमा अञ्जनको गोलबाट अग्रता बनाएको थियो । खेलको ६८औँ मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए । खेलमा मनाङका कमल श्रेष्ठले म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । जितसँगै मनाङ पाँच खेलबाट १५ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा यथावत छ । मनाङसँग पराजित सरस्वती भने छ अङ्कसहित तालिकाको सातौंँ स्थानमा छ । –रासस