४ कार्तिक २०८३, बुधबार

‘रामचन्द्र जीलाई बोकेकै हो, म पनि सभापतिको आकांक्षी हुँ’

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसमा संस्थापनइतर समूह अहिले शक्तिशाली बनेको छ । सभापति शेरबहादुर देउवाविरुद्धको यो मोर्चाबन्दीले केही पदीय जिम्मेवारी पनि बाँडफाँट गरिसकेको बताइएको छ ।

युवा नेता गगन थापा, प्रदिप पौडेलसहित सबै वरिष्ठ नेताको गठजोड बनिरहेका बेला आगामी महाधिवेशनमा सभापतिमा डा. शेखर कोइराला र महामन्त्रीमा गगन थापाको नाम पक्का गरिएको बताइयो । तर, यसलाई कोइराला गुटले आधिकारिक रूपमा घोषणा भने गरेको छैन, संकेतचाहीँ गरेको छ ।

कांग्रेसको नयाँ विधानलाई कसरी पारित गराउने भनेर केन्द्रीय समितिमा छलफलका लागि पनि एकमत बनाउन उक्त भेला र छलफल भएको डा. शेखर कोइरालाले बताएका छन् ।

अहिले जिल्ला दौडमा रहेका कोइरालाले कांग्रेसको आन्तरिक राजनीतिका बारेमा पनि केही खुलेर बोलेका छन् । केही दिनअघि बीबीसीलाई दिएको अन्तरवार्तामा उनले कांग्रेसको आगामी महाधिवेशनमा आउनसक्ने परिवर्तनबारे संकेत पनि गरेका छन् ।

उनले राजनीति गर्ने मान्छे स्वभाविक रूपमा सभापतिको आकांक्षी हुने भएकाले आफ्नो दाबेदारीमा पनि संकेत गरे । तर, त्यो चरणसम्मको छलफलमा पुगीनसकेको उनको स्पष्टोक्ति थियो । ‘राजनीति गर्ने मान्छे त्यो ठाउँमा पुग्छु भन्ने आकांक्षा राख्छ ममा पनि स्वभाविक आकांक्षा रहनु स्वभाविक हो’, उनले भनेका थिए ।

कोइराला कित्ताबाट अघिल्लो महाधिवेशनमा रामचन्द्र पौडेललाई सहयोग गरेको बताएका उनले कार्यकर्ताको चाहना भए आफु मैदानमा उत्रिने संकेत गरेका छन् । उनको यो संकेतले पौडेललाई कोइराला गुटले अब बोक्न नसक्ने पनि संकेत गरेको छ ।

पदाधिकारी भइसकेको मान्छे मात्र सभापतिमा उठ्न पाउने भन्ने विषयलाई कोइरालाले महासमितिबाट विधान परिवर्तन हुनसक्ने संकेत दिँदै भने,‘कार्यकर्ताले चाहेको खण्डमा जे पनि हुन सक्छ ।’