
काठमाडाैँ, १३ मंसिर । एनआईसी एशिया बैंकले पोखरा महानगरपालिका–२६, बुढिबजारमा आफ्नो नयाँ शाखा कार्यालय स्थापना गरेको छ।बुढिबजार शाखाको एनआईसी एशिया बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले बिहीबार उद्घाटन गरे।
मुलुकभर २६८ शाखा कार्यालयहरु, २७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकले जनाएको छ।
बैंकको वासलातको आकार रू. २१२ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४४ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भएको जनाएको छ ।
बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको सहायक प्रमुख कार्यकारी अधिकृत पाण्डेले जनाए ।















प्रतिक्रिया