४ कार्तिक २०८३, बुधबार

काठमाडौंमा अपहरणमा परेका ८ बर्षिय बालकको हत्या, शव भेटियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । दुई दिनअघि अपहरणमा परेका काठमाडौंका एक ८ बर्षिय बालकको हत्या भएको छ । उनको शव झोलामा भेटिएको छ ।
बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो ।

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार शव म्हेपीमा भेटिएको हो । उनका बुवा प्रवीण कुँवरले सञ्चालन गरेको त्रिवेणी गेस्ट हाउसबाट उनी वेपत्तिा भएका थिए । प्रहरीले खोजी तिव्र पारेको थियो ।

विहीबार उनको शव झोलापमा पोको पारेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्याङ्जाका महेन्द्र सार्कीलाई पक्राउ गरेको छ । सार्की प्रवीणका ड्राइभर हुन् ।

मृतक बालक टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत थिए ।