४ कार्तिक २०८३, बुधबार

अवैध रूपमा भारत लैजान लागिएको केराउसहित तीन पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राँझा, १३ मङ्सिर ।  बाँकेबाट अवैध रूपमा भारत निकासी गर्न लागिएको १२ हजार किलो हरियो केराउसहित तीन जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ ।

शङ्कास्पद बिल सहित नरैनापुर हुँदै भारत लैजान लागेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनाबाट रु आठ लाख १६ हजार मूल्य बारबरको १२ हजार किलो केराउ पक्राउ गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज तथा प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

भारततर्फ हरियो केराउ चोरी निकासी हुँदै गरेको भन्ने सूचनाका आधारमा भे१त ६७५४ र भे१त ५०२८ नंको ट्र्याक्टरसहित चालक नरैनापुर–४ को ४० वर्षीय जाकिर खाँ, २८ वर्षीय बाबु खाँ र केराउ धनी नेपालगञ्ज–४ बस्ने बाबे खाँलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक डाँगीले बताउनुभयो ।

नरैनापुरको फार्मले नेपालगञ्जबाट उक्त परिमाणको केराउ खरीद गरी स–सानो बोरामा राखेर निकासी गर्न लागिएको थियो । –रासस