
काठमाडौं, १२ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानम्नत्री निवास बालुवाटारमा सुरु भएको छ ।
दुई दिन लगातार स्थगित भएको नेकपाको बैठक आज बसेको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तल्लो तहका संगठनको एकता मोडेल बनाउन नसक्दा बैठक दुई दिन लगातार सरेको थियो ।
बैठकमा महासचिव विष्णु पौडेल र रामबहादुर थापाले तयार पारेको तल्लो तह र जनवर्गीय संगठनको एकताको मोडेलका विषयमा छलफल हुनेछ ।
पार्टी अध्यक्षले जनवर्गीय संगठनको एकता मोडल तयार पार्न नसकेको भन्दै नेकपाभित्र आन्तरिक असन्तुष्टि बढेको छ । लामो समयदेखि केन्द्रीय समिति बैठक बस्न नसक्दा पनि नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।















प्रतिक्रिया