४ कार्तिक २०८३, बुधबार

दैलेख दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दैलेख, १२ मंसिर । दैलेखमा बुधबार बिहान भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या चार पुगेको छ । चार जना घाइते छन् ।

सुर्खेतबाट दैलेखको ठाँटिकाँध जाँदै गरेको लु२च २२०७ नम्बरको जीप ठाँटिकाँध गाउँपालिका ३ डांग्रे भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा ठाटीकाँध गाउँपालिका–१ का ३० वर्षीय निर्मल बम, वडा नम्बर–२ का जीप चालक रमेश शाही, वडा नम्बर–४ की रत्ना शाही र राजेन्द्रबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारको लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

निजी जीप ठााटिकाँध पुग्नु करिब एक–दुई किलोमिटर बाँकी छँदा दुर्घटनामा परेको हो । जीप कच्ची सडकबाट करिब २ सय मिटर तल भीरमा खसेको छ । जीप टुक्रा–टुक्रा भएको छ ।

दुर्घटनामा घाइते भएका चारै जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।