५ कार्तिक २०८३, बिहिबार

बिहेमा बोलाइनन् प्रियंकाले बलिउडका कलाकारहरू

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडाले डिसेम्बरको पहिलो हप्ता विवाह गर्दै छिन् ।

उनले डिसेम्बर २ र ३ मा आफ्ना प्रेमी निक जोनसका साथ लगन गाँठो कस्न लागेकी हुन् । भारतको राजस्थानको उम्मेद भवन प्यालेसमा प्रियंका र निकको विवाहको तयारी धुमधामका साथ चलिरहेको छ ।

प्रियंकाले उनको विवाहका लागि पाहुनाहरूको नाम सूची पनि फाइनल गरिसकेकी छिन् । प्रियंकाको यस सूचीमा बलिउडका कुनै पनि कलाकारहरूको नाम अटाएको छैन । प्रियंकाले आफ्नो विवाहमा बलिउडका एकजना कलाकारलाई पनि बोलाउने छैनिन् ।

प्रियंका चोपडा र निक उनीहरूका परिवार र आफन्तजनसँगै भएर विवाह गर्नेछन् । बलिउड कलाकारहरू उपस्थितिमा विवाहमा धेरै भिड हुनेछ । भिडको जिम्मेवारी लिन गाह्रो भएका कारण प्रियंकाले यो निर्णय लिएको बताइएको छ ।

प्रियंकाले बलिउडका आफ्ना साथीहरूका लागि विवाहपछि मुम्बईमा एक भव्य रिसेप्सनको आयोजना गर्नेछिन् । एजेन्सी