११ कार्तिक २०८३, बुधबार

राजपाको संयोजकमा महन्थ ठाकुरलाई ल्याउन अल्टिमेटम, अन्यथा पार्टी…

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर पक्षले संयोजक परिवर्तन गर्ने निर्णय पुनर्विचार गर्न एक सातासम्म कुर्ने बताएको छ ।

संयोजक परिवर्तन गर्दा ठाकुरमाथि काम गर्न नसकेको भन्दै लगाएको अभियोग तथा महेन्द्र राय यादवले बोलेका अभिव्यक्ति फिर्ता लिनुपर्ने उनीहरूको अडान छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

आफूहरूको सरोकार भएका दुई विषयमा पुनर्विचार नभए ठाकुर पक्षले राजपाको छुट्टै बैठक बोलाउने केन्द्रीय सदस्य डा. सुरेन्द्र झाले जानकारी दिए ।

‘एक हप्तासम्म पनि उहाँहरूले यी दुई विषयमा प्रस्ट धारणा ल्याउनु भएन भने राजपाको ब्यानरमा राजनीतिक समिति वा पदाधिकारी बैठक बोलाउने पक्षमा छौँ,’ उनले भने । बैठक बोलाउँदा पनि वातावरण बनेन भने मेची महाकाली अभियान सुरु हुने झाको भनाइ छ ।

गत मंगलबार बहुमतले राजेन्द्र महतो अध्यक्षमण्डलको संयोजक चयन भएपछि सुरु भएको विवादले सोमबार बोलाइएको बैठक बस्न सकेन ।

महेन्द्र यादवले एक अन्तर्वार्तामा ठाकुरले पार्टी चलाउन नसकेको भन्दै आलोचना गरेको विषयमाथि अध्यक्षमण्डलका सदस्यको धारणा पनि प्रस्ट हुनुपर्ने बताइरहेका छन् । यादवमाथि कारबाहीको माग गरे पनि उनलाई कारबाही गर्ने पक्षमा भने राजपामा माहोल छैन ।