११ कार्तिक २०८३, बुधबार

युवा नेताको छलफलमा वरिष्ठ नेता पुगेपछि…

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टीका युवा नेताहरूसँग भेट गरेकी छिन् । मंगलबार आफ्नै निवास मन्डीखाटारमा भएको भेलामा सुजाताले नेताहरू चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरु घिमिरे, प्रदीप पौडेल, जीवन परियार, किरण यादव, रामकृष्ण यादव, रत्ना शेरचनसहितका नेतालाई बोलाएकी थिइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सुजाताले आफू पार्टीमा प्रतिस्पर्धी नभएको भन्दै सहजीकरण गर्न मात्रै नियमित छलफल गरिरहेको बताएकी थिइन् । ‘पार्टीलाई एकढिक्का बनाउनुपर्ने वेला छ ।

सरकारको गतिविधिको विरोध, संसदीय व्यवस्थाको भविष्यलाई सुरक्षित गरेर जाने हो एक्लाएक्लै नहिँड्न्स्,’ सुजाताको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य गुरु घिमिरेले भने, ‘व्यक्तिगत कुरामा कोही पनि नजाऔँ । ढिलोचाँडो तपाईहरूको काँधमा जिम्मेवारी आउँछ । त्यसैले सबै मिलेर जानुपर्छ ।’

मंगलबार बिहान साढे १० बजे युवा नेताहरूलाई बोलाइएको थियो, तर वरिष्ठ नेताहरू पनि पुगे । वरिष्ठ नेताहरू पुगेपछि साढे १२ बजेसम्म संयुक्त छलफल भएको थियो । सुजाताले फेरि युवा नेताहरूसँग छलफल गरिन् ।

सो क्रममा सुजाता, कृष्णप्रसाद सिटौला र डा.रामशरण महत सभापति देउवाप्रति नरम रूपमा प्रस्तुत भएका थिए । तर, नेताहरू अर्जुननरसिंह केसी र बलहादुर केसीले भने कडा टिप्पणी गरेका थिए ।

‘देशमा ओलीको र पार्टीमा सभापतिको निरंकुशता भयो’ भन्दै सभापतिको कार्यशैलीमाथि दुवै नेता कठोर रूपमा प्रस्तुत भएका थिए । डा. रामशरण महतले सभापतिको विरोध गरेनन् । ‘कसरी हुन्छ पार्टीमा देखिएका चुनौतीलाई चिर्नुपर्ने अहिलेको हाम्रो चुनौती हो,’ महतले भने, ‘अहिले व्यक्तिगत कुरा गर्ने होइन, महासमितिलाई सफल बनाउन लाग्नुपर्छ ।’