
काठमाडौं ११ मंसिर । नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा प्रभु बैंकले काउण्टर स्थापना गर्ने भएको छ ।
सरकारले स्तरोन्नति गरेका कार्यालयहरुमा काउण्टर खोलेर कारोबार शुरु गर्नेसम्बन्धी सम्झौंतामा मंगलबार हस्ताक्षर भएको छ । एक कार्यक्रमकाबीच मंगलबार भन्सार विभागका महानिर्देशक तोयम राया र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
काउण्टर खोल्ने कार्यालयहरुमा झापाको भद्रपुर, सुनसरीको कोशी व्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलबस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालय रहेका छन् ।
यी कार्यालयहरुमा बैंकले अर्को हप्ता देखि काउण्टरहरु सञ्चालनमा ल्याई सेवा प्रारम्भ गर्नेछ ।















प्रतिक्रिया