४ कार्तिक २०८३, बुधबार

सानिमा ईन्स्योरेन्स कम्पनीसँग एनआईसी एशियाको बैंकास्योरेन्स सम्झौता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ मंसिर । एनआईसी एशिया बैंक लिमिटेडले सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

सम्झौताअनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २६६ वटै शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र इन्स्योरेन्स कम्पनीको तर्फबाट नायब प्रबन्ध निर्देशक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरे ।

बैंकले २६६ शाखा कार्यालय, २७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४४ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भएको जनाएको छ ।

बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको सहायक प्रमुख कार्यकारी अधिकृत पाण्डेले जनाए ।