
काठमाडौं, ११ मंसिर । सुनको भाउ ओरालो लाग्ने क्रममा ब्रेक लागेको छ । सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको भाउ मंगलबार फेरि ३ सय रुपैयाँले नै बढेको छ ।
मंगलबार बजारमा सुनको भाउ प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो छापावाला सुनको मुल्य हो । यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ७ सयमा कारोबार भइरहेको छ ।
मंगलबारको सुनको यो भाउ आइतबार कारोबार भइरहेको बजार भाउको बराबर हो ।
यस्तै चाँदीको भाउ भने सोमबारको तुलनामा मंगलबार स्थिर रहेको छ । मंगलबार बजारमा चाँदीको मुल्य प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया