११ कार्तिक २०८३, बुधबार

खानेपानी डिईको नक्कली प्रमाणपत्र भएको प्रमाणित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । खानेपानी डिभिजन कार्यालय इलामका प्रमुख पदमा रहेका मोतीउर रहमानको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको छ ।

खानेपानी मन्त्रालय अन्तर्गत रहेको कार्यालयमा डेढ दशकभन्दा लामो समयदेखि लुटतन्त्र मच्चाइरहेका रहमानले भारतको अलाहावाद विश्वविद्यालयमा बिटेक गरेको प्रमाणपत्र पेस गरेका थिए । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

उक्त विश्वविद्यालयमा ‘त्यस्तो कुनै पनि विषय अध्यापन नहुने र कसैले त्यस्तो प्रमाणपत्र पेस गरेको भए नक्कली हुने’ विश्वविद्यालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई जानकारीसहितको पत्र पठाएको छ ।

करोडौं भ्रष्टाचार अभियोगको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत परेका रहमानले भारतको इलाहावाद विश्वविद्यालयबाट इन्जिनियरिङको डिग्री गरेको प्रमाणपत्र मन्त्रालय र लोक सेवा आयोगमा बुझाएका थिए ।

अख्तियारका नाममा संयुक्त कुलसचिवले पठाएको पत्रमा भनिएको छ,‘रोल नम्बर ५७६७, २००८ मा पास आउट भएको मोतीउर रहमान नामको त्यस्तो कोही पनि सहभागी छैन, यो विषय नै अध्ययन हुँदैन ।’

उक्त विश्वविद्यालयमा सिलिभ इन्जिनियरिङको बिटेक गरेको प्रमाणपत्र जारी गर्ने आधिकारीकता नै नभएको रजिष्ट्रार एनके सुक्लाले जनप्रहारलाई जानकारी दिएका छन् ।

उनले भने, ‘हाम्रो विश्वविद्यालयको नाममा यस्तो प्रमाणपत्र कसैले पेस गर्छ भने त्यो जाली हो, इलाहावाद विश्वविद्यालयले कुनै नेपालीलाई प्रमाणपत्र दिएको छैन, हामीकहाँ यसको अध्यापन पनि हुँदैन । विभाग पनि छैन ।’

रहमानले भने सोही विश्वविद्यालयको प्रमाणपत्र पेस गरेका थिए । सरकारी सेवामा नक्कली प्रमाणपत्र पेस गरी अनुचित लाभ लिएको भन्दै रहमानविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा ५५३७ नम्बरमा उजुरी दर्ता छ । रहमानबारे पटक–पटक अख्तियारमा प्रमाणसहितका जानकारी दिए पनि उसले अनुसन्धान थालेको छैन ।

इलामका खानेपानी आयोजनामा समुदायमा लक्षित कार्यक्रममा पनि करोडौं रकम हिनामिना गरेका रहमानलाई जोगाउनका लागि शक्ति केन्द्रको दबाब छ । बंगलादेशी मुस्लिम संगठनसँग सम्पर्क रहेका रहमानले भारतको उत्तर प्रदेशमा रहेको विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी नेपाल सरकारलाई गुमराहमा राखेका हुन् । यस्तै, ०६१ सालमा उनी दुई बर्षका लागि जागिरमा छँदै उच्च अधिकारीलाई प्रभावमा पारी कतारमा काम गर्न पुगेका थिए ।

प्रदेश १ अन्तर्गत रहेको राम्रो डिभिजनको सरूवाका लागि शक्ति केन्द्रमा धाइरहेका रहमानविरुद्ध प्रधानमन्त्रीको माथाहतमा रहेको राष्ट्रिय सतर्कता केन्द्रमा पनि उजुरी छ । नक्कली शैक्षिक योग्यता पेस गरी जागिर खाएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा पनि प्रमाणपत्र जाँचका लागि उजुरी परेको उच्च स्रोतले जनाएको छ ।