काठमाडौं, ११ मंसिर । अस्पतालले एम्बुलेन्स भन्दै मापदण्डविपरीत आइचर कम्पनीको मिनी ट्रक खरिद गर्यो । जब एउटा भैँसी पनि अटाएन, समस्या सुरु भयो । खरिदअघि ९० हर्सपावरको हुनुपर्ने स्पेसिफिकेसन बनाइए पनि एम्बुलेन्स ६० हर्सपावरको मात्रै खरिद गरिएको छ । दुई नम्बर गेयरमा पनि नतानेपछि एक नम्बरमै चलाउनुपरेको अस्पतालका कर्मचारीहरू बताउँछन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्रयोगमा ल्याउनै समस्या भएपछि एम्बुलेन्स वर्कसप पठाएर ठोकठाक गरिएको छ । हालका अस्पताल प्रमुख डा। बलराम थापा आफू नेतृत्वमा आएपछि नै दुईपटक वर्कसपमा पठाएको बताउँछन् । ‘बिरामी भैँसी अस्पताल ल्याउन सम्भव नै नभएपछि मर्मतका लागि दुईपटक वर्कसप पठायौँ,’ थापाले भने, ‘ग्राउन्ड ह्यान्डलिङ पनि मापदण्डअनुसार नहुँदा जमिनमा धसिने भएकाले माथि उठाउन लगाइयो । हेडलाइट, गियरलगायतमा पनि समस्या छ ।’
मान्छेका डाक्टरले भेटेरिनरी एम्बुलेन्सको स्पेसिफिकेसन बनाएकाले समस्या भएको अस्पताल प्रमुख थापाको आरोप छ । सो एम्बुलेन्समा भेन्टिलेटर, मोनिटर, अक्सिजन सिलिन्डरलगायत अन्य उपकरण राखिएको र यी सामान एम्बुलेन्सभित्र पशुका लागि फिट गर्न सम्भव नहुने उनी बताउँछन् । ‘मैले हेरेँ, त्यस्ता चिज एम्बुलेन्समा होइन, अस्पतालमा चाहिँ काम आउन सक्छन्,’ उनले भने, ‘भैँसी राम्ररी फर्किनसमेत नसक्ने गाडीमा कसरी भेन्टिलेटर लगाउनु हुन्छ रु’















प्रतिक्रिया