काठमाडौं, ११ मंसिर । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय । आइतबार बिहान ९ः३० बजे । गेटमा एक युवती डाँको छाडेर रोइरहेकी थिइन् । उनी भन्दै थिइन्, ‘आज श्रम स्विकृति बनेन भने मैले आत्महत्या गरे नी हुन्छ ।’ अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
इलामकी २७ वर्षीया सरोजा महतरा आँशु पुछिरहेकी थिइन् । उनी पासपोर्ट र अन्य काजगात देखाउँदै कर्मचारीलाई पीडा सुनाइरहेकी थिइन् । श्रम स्विकृति दिन बारम्बार आग्रह गरिरहेकी थिइन् । शाखा अधिकृत छत्र शाह भन्दै थिए, ‘भर्खरै परिर्वतन भएको नियमअनुसार तपाईको काम आज हुँदैन । आजै गर्ने भए विभाग जानुस् ।’
आफ्नो काम नबन्ने भएपछि सरोजा हतारिँदै बुद्धनगरस्थित वैदेशिक रोजगार विभागतर्फ लागिन् । उनले श्रम कार्यालयदेखि विभाग, विभागदेखि मन्त्रालय, मन्त्रालयदेखि फेरि कार्यालयसम्म ७ घन्टा चक्कर काटिन् । तर काम बनेन । ९सरोजाको विस्तृत कथा बक्समा०
श्रम कार्यालयको गेटमा भिड थपिँदै थियो । अघिल्लो दिन बेलुकै आएका छन् कति । प्रायः बिहान दुई÷तीन बजे नै लाइन बस्न आइपुग्छन्, सेवाग्राही । कतिको आइतबारै दिउसो १ः३० बजे फ्लाइट छ । श्रम स्विकृतको पत्र लिएर जानू पर्ने छ खाडी । तर, रोकिएका छन् गेटमै । उनीहरु आक्रोशित छन् । गेटमा तैनाथ छन् दर्जनभन्दा बढी प्रहरी । उनीहरुसँग सेवाग्राहीको चर्काचर्की पर्छ । ठेलाठेल हुन्छ । अति भएपछि प्रहरीले लौरो उठाउँदै लखेट्छन् । सेवाग्राही फाइल बोकेर भाग्छन् ।
गेट अगाडिबाट सुरु भएको लाइन झण्डै ४ सयमिटर परको सोल्टी होटलसम्म पुगिसकेको छ । गेटमा झुम्मिएका झण्डै ४ सय मानिस आफ्नो काम छिटो हुनुपर्ने भन्दै चिच्चाउँछन् । यसरी चिच्याउनेमध्ये कसैकसैको फ्लाइट आजै छ । लाइन बस्दा प्लेन छुट्ने उनीहरु बताउँछन् । प्रहरीले हप्काउँदै भन्छन्, ‘आज फ्लाइट हुनेहरु अघि बढ्नुस् ।’ सेवाग्राही हुरुरु गेटतिर बढ्छन् । अघि बढ्नेमध्ये केही मात्रै कार्यालय भित्र पस्छन् । बाँकी गेटमै रोकिन्छन् । प्रहरी बाँकी भिड नियन्त्रण गर्न फेरि ठेलमठेल गर्न थाल्छन् । भिडले पेल्न खोजे लौरो उठाउँदै लखेट्छन् ।
दिन घर्किँदै जाँदा सेवाग्राही आत्तिन थाल्छन् । निरास देखिन्छन् । तर गेटमा भिड घट्दैन । प्रहरी र सेवाग्राहीबिच वादविवाद, ठेलमठेल चलिरहन्छ । बिहानैदेखि भोकै बसेका सेवाग्राही निन्याउरो अनुहारमा लाइन बसिरहेका भेटिन्छन् । कोहीकोही सडकपेटीमै उँघिरहेका देखिन्छन् ।
गेटको पश्चिमी कुनामा टोलाएका बसेका सुमन कामीको फ्लाइट आइतबार बेलुकी १० बजे छ । तर काम बनेको छैन । उनी गेटबाहिर टोलाउन थालेको यो तेस्रो पटक हो । उनले भने, ‘कम्पनीको नाम गल्ती भयो रे । काम अझै बनेको छैन । आज त उड्नुपर्ने ।’ उनले निरास हुँदै भने, ‘जान पाइएन भने बर्बादै हुन्छ ।’ उनी बेलाबेला अत्तालिएँदै प्रहरीको नजिक जान्छन् । बेलुकी उड्नुपर्ने प्लेनको टिकट देखाउँछन् । तर प्रहरीले हप्काउँदै भनिदिन्छ, ‘लाइन बस्नुस्, लाइन ।’















प्रतिक्रिया