३ कार्तिक २०८३, मंगलबार

एनआईसी एशियाको २ नयाँ शाखा खाँडिचौर र पाँचखालमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० मंसिर । एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं.७ स्थित खाँडिचौर र काभ्रेको पाँचखालमा संचालनमा ल्याइएको छ ।

खाँडिचौर शाखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री तथा पाँचखाल ४, समाजकल्याण चोक स्थित पाँचखाल शाखाको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले सोमबार उद्घाटन गरे ।

एनआईसी एशियाको देशभर २ सय ६६ शाखा कार्यालयहरु, २ सय ७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा सञ्चालनमा छ ।

बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४३ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको सहकायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जनाएका छन् ।

हालसम्म बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको पाण्डेले बताए ।