३ कार्तिक २०८३, मंगलबार

ओरालो यात्रामा सुनको भाउ, प्रतितोला ३ सयले घट्यो

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । सुनको भाउ लगातार घट्ने क्रम रोकिएको छैन । आइतबार प्रतितोला एक सयले घटेको सुनको भाउ सोमबार फेरि ३ सय रुपैयाँले घटेको छ । सोमबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ७ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ५७ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मुल्यमा पनि गिरावट आएको छ । आइतबारको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा डलर कमजोर भएपछि प्रायः सुनको मुल्यमा पनि ह्रस आउने गर्छ । अहिले डलरको भाउ पनि लगातार घटिरहेको छ ।