
काठमाडौं, १० मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापाले पदको दुरुपयोग गर्दै नियमित बढुवामा रोक लगाएका छन् । रथी बढुवा रोक्दै उनले सैनिक जर्नलको अधिकारमा बन्देजमात्र लगाएका छैनन् रक्षा मन्त्रालयलाई पनि पेल्ने नियत राखेका छन् ।
खाली रहेको बलाध्यक्ष रथी पदमा बढुवा हुनुपर्ने उपरथी अनुज बस्न्यातलाई रोकेर अवकाश दिलाउने षडयन्त्रमा रहेका थापाविरुद्ध रक्षा मन्त्रालयमा उजुरी समेत परेको छ । बस्न्यातले रक्षा मन्त्रालयमा लिखित र रक्षा मन्त्री इश्वर पोखरेललाई मौखि उजुरी समेत गरेका हुन् ।
बस्न्यताको बढुवा रोकिए अबको दुई सातापछि उनी अनिवार्य अवकाशमा जानेछन् । बस्न्यात अहिले सेनाको वरियतामा तेस्रो नम्बरमा छन् ।
थापा प्रधानसेनापतिमा नियुक्त भएपछि गएको २४ भदौबाट उक्त पद रिक्त छ । यसअघि प्रधानसेनापति हुनासाथ रिक्त पदपूर्ति तुरुन्तै हुँदै आएको थियो । उक्त बढुवाका लागि प्रधानसेनापतिले मन्त्रिपरिषद्मा तत्कालै प्रस्ताव लाने गर्दथे ।
त्यसो त बलाध्यक्ष रथी बढुवामा मात्र होइन उपरथी बढुवाका क्रममा पनि प्रधानसेनापति थापा विवादमा तानिएका थिए । उनीविरुद्ध सहायकरथी नैनराज दाहालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । जुन मुद्दा विचाराधिन छ ।
रथीजस्तो महत्वपूर्ण पद सेनामा खाली राखिनु दुर्भाग्य हुने बताउँदै रक्षामन्त्री पोखरेलले बढुवा तुरुन्त खुलाउने बताएका थिए ।
बस्न्यातले रक्षामन्त्री पोखरेल र मन्त्रालय समक्ष प्रवेशिका, प्रमाणपत्र र स्नातक तहका शैक्षिक प्रमाणपत्र, सैनिक परिचयपत्र, सञ्चयकोष परिचयपत्र, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको आफ्नो नागरिकता र नागरिकता कुन सालमा जारी भएको भन्नेबारे काठमाडौं प्रशासन कार्यालयबाट प्रमाणित कागजात बुझाइसकेका छन् ।















प्रतिक्रिया