५ कार्तिक २०८३, बिहिबार

माधवप्रसाद घिमिरेलाई नगदको थैलीसहित स्वर्णपत्रले सम्मान

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गीतकार डीआर उपाध्यायले नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका छन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आइतबार एकैपटक सात एल्बम बिमोचन गराएर कीर्तिमान काम गरेका हुन् ।

राष्ट्रिय नाचघरमा आयोजित समारोहमा वरिष्ठदेखि कनिष्ठ गीतकार, संगीतकार, गायक गायिका, चलचित्रकर्मी, पत्रकारहरूको वाक्लो उपस्थिति रहेको थियो ।

जखम, माउन्टेन मेलोडी, नसालु नजर, जोहो, अन्तराप, प्रतिनाद र सहेली एकैपटक विमोचन भएका थिए । एल्बमहरूमा बुलु मुकारुङ, सन्तोष श्रेष्ठ र सागर अधिकारीको संगीत छ । एल्वममा तीन दर्जन गायक गायिकाले स्वर दिएका छन् ।

विमोचनको साथमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र उनकी धर्मपत्नी महाकाली घिमिरेलाई नगद ५१ हजारको थैली सहित स्वर्णपत्र सहित सम्मान गरिएको थियो ।

संगीतकार राजु सिंहको अगुवाईमा प्रत्यक्ष बाद्यबादन सहित ११ वटा गीत प्रस्तुत गरिएको थियो । ३ वटा म्युजिक भिडियो पनि देखाइएको थियो ।