
काठमाडौं, ९ मंसिर । तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिजमा भारतले अष्ट्रेलियालाई बराबरीमा रोकेको छ ।
आइतबार सम्पन्न तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा भारतले अष्ट्रेलियालाई ६ विकेट हराएसँगै सिरिज बराबरी भएको हो । सिरिज १–१ को बराबरी भएको छ ।
अष्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर भेट्टायो । कप्तान विराट कोहलीको अर्धसतकमा भारतले जित हासिल गरेको हो । कोहलीले ६१ रन बनाए । यस्तै शिखर धवनले ४१, रोहित शर्माले २३ तथा दिनेश कार्तिकले अविजित २२ रन जोडे ।
यसअघि सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १६४ रन जोडेको थियो ।
अष्ट्रेलियाका लागि जोन म्याथ्यु शर्टले ३३ तथा कप्तान आरोन फिन्चले २८ रन जोडे । त्यस्तै एलेक्स केरीले २७ तथा मार्कुस स्टोनिसले अविजित २५ रन जोडे । भारतका हार्दिक पान्डयले ४ विकेट लिए ।
पहिलो खेलमा अष्ट्रेलियाले ४ रनको रोमाञ्चक जित हात पारेको थियो भने दोस्रो टी–ट्वान्टी भने वर्षाका कारण ड्र भएको थियो ।















प्रतिक्रिया