४ कार्तिक २०८३, बुधबार

देशको सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनी ‘सिआइआई कन्म्याक २०१८’ सम्पन्न

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ९ मंसिर । पूर्वाधार क्षेत्रको विकासमा नयाँ आधारस्तम्भ खडा गर्दै देशको सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनी ‘सिआइआई कन्म्याक २०१८’ सम्पन्न भएको छ । नेपालको पूर्वाधार निर्माण क्षेत्रको आधारस्तम्भ सावित भएको तीन दिने प्रदर्शनीको ६ हजारभन्दा बढी व्यवसायिक साझेदारहरुले अवलोकन गरेका छन् ।

प्रदर्शनीले नेपालमा प्रदर्शनीको स्तरको लागि उत्कृष्टता र व्यवसायिकताको पक्षमा नयाँ आधार खडा गरेको प्रदर्शनमा सहभागी व्यवसायीहरुले बताए । यो प्रदर्शनीले नेपालको निर्माण क्षेत्र र खासगरी पूर्वाधार विकाससको लागि अतुलनिय योगदान दिएको छ । मुलुकको तीव्र विकासमा योगदान गर्न यो प्रदर्शनी सहयोगी बनेको आयोजकको दाबी छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रदर्शनीको उद्घाटन गरेका थिए । प्रदर्शनीले मुलुकको निर्माण क्षेत्र र निर्माण व्यवसायीलाई मात्र नभई सिङ्गो मुलुकको अर्थतन्त्रमा नै सकारात्क प्रभाव पारेको छ ।

नेपालकै सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनीको रुपमा सम्पन्न प्रदर्शनीले नेपालको पूर्वाधार क्षेत्रको विकास र नविनतम प्रविधिको व्यवस्थापनका लागि मार्गदर्शक बनेको आयोजक संस्था सिआईआईले जनाएको छ । नेपालमा भौतिक पूर्वाधारको क्षेत्रमा अझै धेरै काम गर्न वाँकी रहेकोले यस्ता किसिमका प्रदर्शनी आगामी बर्ष अझ बिषेश रुपमा आयोजना गरिने आयोजनले जनाएको छ ।

कन्म्याक नेपाल २०१८ का अध्यक्ष अरविन्द के गर्गले तीन दिने प्रदर्शनी निकै फलदायी भएको र आगामी दिनमा पनि नेपालमा यस्तो किमिसको प्रदर्शनी गर्न थप प्रेरणा मिलेको बताए । समृद्ध नेपालको निर्माणमा सडक, पुल, विद्युत जस्ता क्षेत्रको विकासका लागि प्रदर्शनीको माध्यमवाट ठूलो सहयोग पुगेको उनको भनाई छ ।

भारतीय उद्योग संघ (सीआईआई) को अयाोजनामा सल्हाघारी ओपन ग्राउण्ड, भक्तपुरमा २२ देखि २४ नोभेम्वर २०१८ सम्म भएको यो प्रदर्शनी नेपालकै सवैभन्दा ठूलो प्रदर्शनी हो । प्रदर्शनी नेपालको पूर्वाधार क्षेत्रलाई सुढृढ बनाउन सफल भएको छ । प्रदर्शनीले नेपालको तीव्र विकास र आधाुनिक प्रविधिको प्रयोगमा जोड दिन सफल भएको छ ।