
काठमाडौं, ९ मंसिर । बिहेको लगनको महिना मंसिरमा पनि सुनको मुल्यमा गिरावट आएको छ । यो महिनामा सुनको कारोबार अन्य महिनाको तुलनामा बढि हुने हुँदा गत वर्षहरुमा सुनको भाउ बढ्ने गथ्र्यो ।
आइतबार सुनको मुल्यमा शुक्रबारको तुलनामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवशायी महासंघका अनुसार आइतबार सुनको मुल्य तोलामा ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो छापावाल सुनको मुल्य हो । यस्तै तेजावी सुनको मुल्य भने प्रति तोला ५७ हजार ७ सय रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मुल्य पनि पाँच रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया