४ कार्तिक २०८३, बुधबार

पूर्वराजाको मुहारमा देखियो चमक, पूर्वयुवराज्ञी देखिइनन्

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । त्रिसरा रेस्टुरेन्टले शुक्रबार भएको एउटा कार्यक्रमका सनसनी तस्बिर आफ्नो फेसबुक पेजमार्फत प्रकाशित गरेको छ । जहाँ पूर्वराजपरिवारका सदस्यको मस्ती र उमंग प्रस्ट देखिन्छ । यहाँसम्मकी पूर्वराजा ज्ञानेन्द्र शाहको नृत्य, पूर्ववडामहारनी कोमल राज्यलक्ष्मी शाहको उन्माद मुस्का, पूर्वयुवराज पारस शाहको शालिन हाँसो पनि ।

कार्यक्रम थियो, ज्वाँई राजीव शाहीको जन्मोत्सवको । तर उक्त कार्यक्रममा भने पूर्वयुवराज्ञी हिमानी शाह र उनका सन्तान भने देखिएका थिएनन् । शाहीले पूर्वराजपरिवारका सबै सदस्यलाई बोलाएका थिए ।

पूर्वयुवराज्ञी हिमानीमात्र होइन छोरा हृदयेन्द्र, छोरीहरू पनि उक्त कार्यक्रममा पुगेका थिएनन् । व्यक्तिगत कारणले गर्दा पूर्वयुवराज्ञी र उनका सन्तान जन्मदिनको उत्सवमा नपुगेको निर्मलनिवास स्रोतले जनाएको छ । त्यसो त त्रिसरामा पूर्वराजपरिवारका सदस्य बेलामौका डिनरका लागि पुग्ने गरेका छन् । केही समयअघिको डिनरमा पूर्वयुवराज्ञी हिमानी पनि पुगेकी थिइन्, जहाँबाट पारसँगको जम्काभेट र निकटता बढेको मानिन्छ ।

सेलिब्रिटी पूर्वराजा
पूर्वराजा ज्ञानेन्द्र आम मानिसजस्तै नृत्यमा रमाए । उनका वरिपरि आम मानिस नै थिए । धेरै चकित परे । नेताले नाचेको देखेका आमसाधारण भने,‘राजा त नेताभन्दा पनि साधारण रहेछन् !’

उनीसँग तस्बिर खिचाउनेको घुइँचो र लर्को तस्बिरमा देखिन्छ । पूर्वराजाकी बहिनी शोभा शाही पनि त्यहाँ देखिएकी थिइन् ।

तस्बिरहरूमा पूर्वराजा हर्षविभोर देखिन्छन् । निर्मलनिवास स्रोतका अनुसार पूर्वराजा खुसी हुनु स्वभाविक थियो । उनले नृत्य गर्नु पनि अस्वभाविक थिएन । उनमा राजनीतिक चिन्ता भन्दा बढि स्वास्थ्यको ख्याल गर्नुपर्ने भएकाले खुसी रहन चिकित्सकले सुझाव दिएका छन् । यसैले पनि उनको मुस्कानसहितको नृत्य अस्वभाविक नभएको बताइन्छ । किनकी मुटुरोगी ज्ञानेन्द्र तीन पटक त नर्भिक अस्पतालमा अकास्मात भर्ना भएका थिए ।