५ कार्तिक २०८३, बिहिबार

नरेन्द्र प्यासीले दशकपछि गाए मन छुने गीत

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । सुगम संगीतका चर्चित गायक नरेन्द्र प्यासीले यो पटकको नेपाल बसाइमा गाएको नयाँ आधुनिक गीत सार्वजनिक भएको छ ।
प्रगतिशील लेखन क्षेत्रमा कलम चलाइरहेका लेखक एबम् गीतकार मणिरत्न अर्यालको शब्द रहेको ‘मेरो सुन्दर संसार लिला गर्‍यौ तिमीले’ बोलको गीतमा प्यासीले स्वर दिएका हुन् ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक प्यासीले दशैं तिहार मनाउन नेपाल आएका बेला गाएको गीतको अडियो सार्वजनिक गरिएको हो ।बिन्दवासिनी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको गीतमा प्रभात सुवेदीको संगीत र राकेश वलीले एरेन्ज रहेको छ ।

आफूले माया गरेको मान्छेले नै धोका दिएर आफूलाई बदनाम गरेको सन्देश गीतमा समेटिएको छ । गीत सुन्दा प्रेममा धोका पाएको प्रेमीको वेदना जस्तो सुनिए पनि आफ्नो गाँउघर समाज र देशै छोडी बिदेशिने र उतैको प्रभावमा परी आफ्नो देशलाई गाली गर्ने नेपालीहरुलाई सम्झिएर गीत लेखेको रचनाकार मणिरत्नले बताए ।

लामो समयपछि देशप्रेमले ओतप्रोत गीत गाउन पाउँदा आफूलाई गर्व लागेको गायक प्यासीले बताएका छन् । अहिले गीतको अडियो मात्र सार्वजनिक गरिएको र अब छिट्टै भिडियो पनि सार्वजनिक गरिने तयारी भएको रचनाकार अर्यालले बताए ।

https://youtu.be/fMO4v6BCWk4